Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

पुँजी बजारमा देखिएको समस्या पहिचानका र सुझाबका लागि समिति गठन

पुँजी बजारमा देखिएको समस्या पहिचानका र सुझाबका लागि समिति गठन

काठमाडौं,२१ काठमाडौं । सरकारले पुँजी बजार र समग्र वित्तीय क्षेत्रमा देखिएको समस्या पहिचान गरी सुझाव दिनका लागि समिति बनाएको छ । वित्य क्षेमकम परेको समग्र समस्या पहिचा र त्यसको समाधानका लागि सुझाब दिने मुख्य उदेश्य सहित राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

बैंकहरुबीच निक्षेप तान्ने होडबाजीमा ब्याजदर वृद्धिको प्रतिस्पर्धा र दैनिक रुपमा शेयर बजारमा आएको गिरावट देखिएपछि अर्थमन्त्री युवराज खतिवडाले अध्ययनका लागि समिति गठन गर्नुभएको हो ।

वित्तीय क्षेत्रमा देखा परेको तरलता तथा ब्याजदर र शेयर बजारमा देखिएको उचारचढाव, दीर्घकालिन ऋण पत्र परिचालन लगायत समग्र अर्थ व्यवस्थामा देखिएको समस्या पहिचान गरी सुझाव दिन समितिलाई आग्रह गरिएको छ ।

समितिमा धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङगाना, अर्थ मन्त्रालयलका सहसचिव उत्तर कुमार खत्री, शेयर लगानीकर्ताका प्रतिनिधि रहेका छन् । समितिलाई सुझाव सहितको प्रतिवेदन पेश गर्नका लागि सात दिनको समयसीमा दिइएको छ ।#

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x