Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

फाष्ट ट्रयाक निर्माणबारे गृहमन्त्रीले भने खोकनाको मुआब्जा बढाउन सकिन्न

फाष्ट ट्रयाक निर्माणबारे गृहमन्त्रीले भने खोकनाको मुआब्जा बढाउन सकिन्न

काठमाडौं, २७ मंसिर । गृहमन्त्री रामबहादुर थापाले काठमाडौं–निजगढ द्रुत मार्ग (फाष्ट ट्रयाक) को प्रस्थान विन्दु खोकनाको जग्गाको मुआब्जा वृद्धि गर्दा देशब्यापी असर पर्ने भन्दै यसमा पुनर्विचार गर्न नसकिने जनाएक छन् । बिहीबार संसदको राज्य व्यवस्था समितिको बैठकमा उनले मुआब्जा तोक्दा निश्चित मापदण्डकै आधारमा तोकिएको जनाउदै त्यहाँ वृद्धि गर्दा देशब्यापी रुपमा नै असर पर्न जाने बताएका थिए ।

विभिन्न आयोजनाका लागि जग्गा अधिग्रहण गरिएको देशका धेरै ठाउँबाट मुआब्जा वृद्धिका लागि निवेदन आएको भन्दै उनले खोकनाको लागिमात्र विशेष व्यवस्था गर्न नसकिने बताए । हाल निश्चित मापदण्डकै आधारमा मुआब्जा निर्धारण भइरहेको बताए ।

सो द्रुतमार्ग निर्माणका क्रममा सांस्कृतिक तथा पुरातात्विक सम्पदा नष्ट गर्न खोजिएको भन्दै ललितपुरको बुङमती खोकनाका स्थानीयले समितिमा उजुरी दिएका थिए । समितिले उजुरी कर्ता सरोकारवाला निकायलाई यसअघि नै बोलाएर छलफल गरिसकेकाले आज सरोकारवाला मन्त्रीलाई बोलाएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x