निक इलेक्ट्रो टेक २०१८ शुरु
काठमाडौं, ६ पुस । इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्र्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको नवौं संस्करण ‘निक इलेक्ट्रो टेक २०१८ शुरु भएको छ । विद्यतु तथा विद्युतीय सामग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको उक्त मेला पुस १० गतेसम्म भृकुटीमण्डपमा प्रदर्शनी हुनेछ । सो मेलाको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल गरेका हुन् । मेलाको शुभारम्भ गर्दै आर्थिक समृद्धिको आधार ऊर्जा विकास नै रहेका मन्त्री पुनले बताए । उनले स्वदेशी उद्योगबाट उत्पादित विद्युतीय सामग्री उपयोगलाई पहिलो प्राथमिकता दिने नीतिलाई कार्यान्वयन गरिएको जानकारी दिए ।
विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा टेवा र्पुयाउने उद्देश्यका साथ शरु भएको मेलामा ‘आर्थिक समृद्धिको संवाहक उर्जा भन्ने नारा लिईएको छ । विद्युतीय सामग्रीका बारेमा आम उपभोक्तालाई जानकारी दिने ध्येयले आयोजित नवौँ संस्करणको सो प्रदर्शनीमा ७५ भन्दाबढी प्रदर्शनी कक्ष रहेका छन् ।
जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ्ग, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामाग्रीहरुको प्रदर्शनीमा राखिएको छ । मेलामामा एक लाखले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।