Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल चेम्बर अफ कमर्सले ४९ जना विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने

नेपाल चेम्बर अफ कमर्सले ४९ जना विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने

काठमाडौं,८ पुस ।  लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसंगको समझदारीमा नेपाल चेम्बर अफ कमर्सले पूर्ण तथा आंशिक गरि देशैभर ४९ जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई करिब १ करोड बराबरको छात्रवृति प्रदान गर्ने र प्रिसीडेन्सियल बिजनेस स्कुलसंगको सहकार्यमा देशैभर व्यवसाय प्रबर्दनलाई बढावा दिन बिभिन्न सिपमुलक तालिमहरु संचालन गर्ने समझदारी भएको छ । सहकार्यका लागि आज प्रिसीडेन्सियल बिजनेस स्कूल र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र नेपाल चेम्बर अफ कमर्स बीच समझदारी पत्रमा हस्ताक्षर भयो ।

समाझदारी पत्रमा हस्ताक्षर गर्दै मन्त्री नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले उद्योग र व्यापारिक संस्थाहरुलाई चाहिने दक्ष जनशक्ती शैक्षिक संस्थाले उत्पादन गर्ने र उत्पादित जनशक्तीलाई व्यापारिक प्रतिष्ठानहरुले खपत गर्ने भएकोले यी दुई क्षेत्र बिचको आपसी सहकार्य र समझदारी महत्वपूर्ण भएको कुरा बताउनुभएको छ ।

साथै देशलाई चाहिने खास जनशक्तिको उत्पादन नै शैक्षिक संस्थाहरुको प्रमुख दायित्व भएकोले यस तर्फ अझैं प्रभावकारी रुपमा अघि बढ्न उहाँले शैक्षिक संस्थाहरुलाई अपील गर्नुभयो । चेम्बर भवन, कान्तिपथ काठमाडौँमा सम्पन्न उक्त समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट चेम्बर अन्तर्गतको शिक्षा तथा खेलकुद समितिका सभापति दीपक काजी तुलाधर, प्रिसीडेन्सियल बिजनेस स्कूलको तर्फबाट कलेजका कार्यकारी निर्देशक लक्ष्मण केसी र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको तर्फबाट फाउन्डेसनका अध्यक्ष ई. पंकज जलानले हस्ताक्षर गर्नुभएको थियो । सो समझदारी पत्रको कार्यान्वयनले व्यापारिक प्रतिष्ठान र शैक्षिक संस्थाबिचको आपसी सहकार्यलाई बढावा दिने र यसबाट सैदान्तिक र ब्यबहारिक ज्ञानको आदान–प्रदान गर्न सजिलो हुने बिश्वास गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x