कामना सेवा विकास बैंकद्धारा आमा समूहलाई डस्ट्विन प्रदान
काठमाडौं ८ पुस । कामना सेवा विकास बैंक लिमिटेडले पोखरा–२ अर्चलबोट स्थित “अर्चलबोट आमा समूह” लाई डस्ट्विन लगायतका सरसफाइका सामग्री प्रदान गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैकले पाेखरा महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष श्री रामेश्वर मल्ल ज्यूको अध्यक्षतामा आयोजित एक समारोह बीच बैंकका सञ्चालक सदस्यद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा पूर्व संचालक विष्णु राज पराजुलीले संयुक्त रुपमा आमा समूहका अध्यक्ष श्रीमती कल्पना पराजुलीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
आमा समूहको महत्वपूर्ण भूमिकाले भविष्यमा सकरात्मक परिवर्तन ल्याउने सक्ने र बैंकले उक्त सामाग्रीहरुको पूर्ण सदुपयोग हुने विश्वास लिएको सञ्चालक सदस्य चतुराखर अधिकारीले व्यक्त गर्नुभयो । यस अवसरमा बैंकका सञ्चालक देवकृष्ण काफ्लेले स्वच्छ सफा पोखरा अभियान अन्र्तगत पोखरा महानगरपालिका वडा नं. २ अन्तर्गतका सडकहरुमा सरसफाइमा सहयोग पुर्याउने उद्देश्यले उक्त सामाग्रीहरु प्रदान गर्दै बैंकको वर्तमान अवस्था तथा यसले प्रदान गर्दै आएको सेवा सुविधाको बारेमा समेत जानकारी गराउनु भएको थियो ।