Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

भारतले संशोधन गरेको ऊर्जा निर्देशिकाले उर्जा ब्यापारको बाटो खुल्यो

भारतले संशोधन गरेको ऊर्जा निर्देशिकाले उर्जा ब्यापारको बाटो खुल्यो

काठमाडौँ, ९ पुुस ।   भारत सरकारले हालै संशोधन गरेको ऊर्जा निर्देशिकाले नेपालमा उत्पादन हुने विद्युत् क्षेत्रीय बजारमा व्यापारका लागि सहज हुने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण, भारतीय प्रधानमनत्री नरेन्द्र मोदीको नेपाल भ्रमण र मन्त्रालयस्तरमा भएका विभिन्न पहलका आधारमा निर्देशिका संशोधन भएसगै ब्यापारको लागि बाटो खुलेको बताएका हनु ।

नेपालमा बढी भएको विद्युत् भारत, बङ्गलादेश निर्यात गर्न सकिँदैन कि भन्ने विषयमा विगतमा द्विविधा रहेको भए पनि पछिल्लो निर्णयपछि उक्त द्विविधा हटेको भन्दै मन्त्री पुनले केही समस्या आए कार्यान्वयनमा क्रममा नै हल हुँदै जाने मन्त्री पुनले बताएका छन् । भारतले ५१ प्रतिशतभन्दा बढी शेयर रहेका भारतीय कम्पनीको लगानीमा निर्माण हुने आयोजनाको मात्रै विद्युत् खरीद गर्ने प्रावधानसहितको निर्देशिका सन् २०१६ मा लागू गरेको थियो । पछिल्लो पटक उक्त प्रवधान हटाउदै  नयाँ कार्यान्वयनमा ल्याएको छ ।

निर्देशिका संशोधन सँगै नेपालमा उत्पादन हुने विद्युत् विद्यमान भारतीय प्रसारण प्रणालीमा मात्र होइन नयाँ प्रसारण प्रणाली निर्माण गरेर बङ्गलादेशसँग समेत लैजान मार्ग प्रशस्त गरेकोले सरकारो ध्यान अव जलविद्युतमा लगानी आकर्षण गर्ने तर्फ केन्द्रित रहेको मन्त्री पुनले बताए ।यस अघि २०१४ मा नेपाल सरकारले दुई देशबीच भएको ऊर्जा व्यापार सम्झौताको प्रावधान विपरीत निर्देशिका ल्याएकामा असन्तुष्टि व्यक्त गरेपछि भारतले सो निर्देशिका संशोधन गरेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x