Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

चौथो पर्वतीय महोत्सवको तयारी तीब्र

चौथो पर्वतीय महोत्सवको तयारी तीब्र

काठमाडौं, १८ मंसिर । पोखराको लेखनाथ महानगरपालिका रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा यही मंसिर २५ र २६ गते चौथो पर्वतीय महोत्सव हुदै छ । विश्व पर्वतीय दिवसका अवसरमा हिमाली एवम् उच्च पहाडी क्षेत्रको जैविक विविधता, ज्ञान, सीप, वेशभूषा, संस्कृति, खेलकुदलगायत विविध पक्षको जानकारी गराउने उद्देश्यले महोत्सव हुन लागेको हो ।

साहसिक खेल चट्टानारोहण लगायत छेलो, धनुषबाण, साइकल र सडक दौड प्रतियोगिता तथा गाईजात्रा, याकनाच प्रदर्शनसहित विभिन्न खानाका परिकारका कक्ष रहने महोत्सव संयोजक कुशल गुरुङले जानकारी दिए । मेलाको तयारी तीब्र रुपमा भइरहेको पनि उनले जानकारी दिए ।

महोत्सवमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरण र पैदलयात्राको वर्तमान अवस्थाबारे सन्देशमूलक कक्ष पनि रहने छ । एक दशकदेखि सञ्चालनमा रहेको उक्त सङ्ग्रहालयमा विश्वका हिमालमा आजसम्म भएका गतिविधि र हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिको प्राचीन जीवनशैली झल्कने सामग्री प्रदर्शन गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x