Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

आइएमइएको दशैमा बीस लाख योजनाको दोस्रो बिजेता थापा

आइएमइएको दशैमा बीस लाख योजनाको दोस्रो बिजेता थापा

काठमाडौं, ११ पुस । आइएमई रेमिट्यान्सले दशैं,तिहार र छठलाई लक्षित गर्दै ल्याएको ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ । आइएमई सेवाग्राही रिया मार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही बिजेन्द्र थापा दास्रोे महिनाको विजेता घोषित भएका छन् । बिजेता सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’बाट छनौट गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको योजना अन्तर्ग विजेता बिजेन्द्रको सिफारिसमा उनकी आमा चिनु माया थापालाइ कम्पनीले नगद १ एक लाख रुपैयाँ हस्तातरण गरेको छ् । २०७५ सालअसोज ७ गतेदेखि शुरु भई २०७५ साल मंसिर मसान्तसम्म लागु सेवाग्राही मुखी उक्त योजना अन्तर्गत अहिले सम्म मासिक ‘लक्कीड्र’ बाट दुई जना विजेता घोषित भइसकेको कम्पनीले जानकारी दिएको छ । यस योजनामा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सेवाग्राही सहभागी भएका छन् ।

योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्कीड्र’बाट छनोट हुने विजेतामध्ये हरेक दिन १० जनालाई ‘आइएमई पे’मार्फत १ हजार रुपैयाँको बिलभुक्तानी गर्ने जनाएको छ । हरेक हप्ता १ जनालाई १० हजार रुपैयाँ नगद, हरेक महिना १ जनालाई १ लाख रुपैयाँ नगद तथा बम्परमा १ जनालाई २० लाख रुपैयाँ प्रदान गरिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x