Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बुधबार नेप्से ५.४२ अंकले घट्यो

बुधबार नेप्से ५.४२ अंकले घट्यो

काठमाडौं, १८ पुस । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.४२ अंकले घटेर ११८०.४३ को बिन्दुमा कारोबार बन्द भएको छ । कुल १५४ कम्पनीको ७,५१,४११ कित्ता सेयर खरिद बिक्री हुँदा २५ करोड ७६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार चिलिमे हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको बुधबार २ करोड २८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।


त्यस्तै बुधबार कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । जसको सेयर मूल्यमा ९.४२ प्रतिशतले वृद्धि भएको छ भने अरुण काबेली पावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयर मूल्य ४.६६ प्रतिशतले घटेको छ ।


बुधबार नेप्सेमा सुचिकृत ११ वटा समूहहरु मध्येमा २ वटा समूहको परिसुचक बढेको छ भने भने बाँकी ९ वटा समुहको परिसुचक घटेका छन् । परिसुचक बढ्नेमा व्यापार समुह २.७९ प्रतिशतले र माईक्रोफाईनान्स समुह ६.५९ प्रतिशतले बढेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x