Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

उखुको नयाँ मुल्य निर्धारण

उखुको नयाँ मुल्य निर्धारण

काठमाडौं, २० पुस ।  सरकारले चालु आर्थिक वर्ष २०७५।०७६ का लागि उखुको मूल्य निर्धारण गरेको छ । उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल ५३६ रुपियाँ ५६ पैसा निर्धारण गरेको हो ।

सरकारका प्रवक्ता एव संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद वाँस्कोटाका अनुसार सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसासमेत अनुदान दिने निर्णय गरेको छ । उखु उत्पादक कृषकले सीधै भुक्तानी पाउने गरी ‘उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्यविधि २०७५’ बमोजिम प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई रकम निकास गरिने उहाँले जानकारी दिनुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *