होटल र्‍याडिसनका अध्यक्ष श्रेष्ठको निधन, अन्तिम श्रद्धाञ्जलीका लागि र्‍याडिसनमा

काठमाडौं, २६ पुस । वरिष्ठ पर्यटन तथा होटल व्यवसायी गोविन्ददास श्रेष्ठको निधन भएको छ । काठमाडौंको लाजिम्पाटस्थित होटल र्‍याडिसनका अध्यक्ष समेत रहेका ८७ वर्षीय श्रेष्ठको भारतको मुम्बईस्थित लिलावती अस्पतालमा उपचारक्रममा बुधबार बिहान निधन भएको हो ।

उनको पार्थिव शरिरलाई आज भारतबाट नेपाल ल्याई अन्तिम श्रद्धाञ्जलीका लागि होटल र्याडिसनमा राखिएको थियो । श्रद्धाञ्जलीका लागि पर्यटन व्यवसायी एवं उनका आफ्न्तहरु होटल र्‍याडिसन पुगेका थिए ।

स्वास्प्रश्वासमा समस्या आएपछि विगत पाँच महिना देखि उनी उपचाररत थिए । ५० वर्षभन्दा बढी समय पर्यटन व्यवसायमा संलग्न रहेका श्रेष्ठका एक श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *