प्रभु बैंकको नयाँ डेविट कार्ड
काठमाडौं, २७ पुस । प्रभु बैंक लिमिटेडले मास्टर कार्डसँगको सहकार्यमा मास्टर डेविट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले बिहिबारबाट मास्टर डेविट कार्ड सञ्चालनमा ल्याएको हो ।
बैंकका कार्यकारी निर्देशक अशोक शेरेचनले नयाँ प्रविधिसँगै अघिबढ्न मास्टर डेविट कार्ड सञ्चालनमा ल्याएको बताए । मास्टर डेविट कार्डमार्फत सुरक्षित कारोबार, डिजिटल पेमेन्ट गर्न सकिने छ । कार्ड किनमेल, यात्रा, व्यवसायसञ्चालक साथै वित्तीय कारोबार गर्ने सबैको लागि सजिलो र सुरक्षित रहेको बैंकको दाबी छ । मास्टर कार्ड एक प्राविधिक कम्पनी हो । यसले हालसम्म २ सय १० भन्दा बढी देशमा सेवा विस्तार गरिसकेको छ ।