Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

प्रधानमन्त्री रोजगार कार्यक्रम नै बेरोजगार !

प्रधानमन्त्री रोजगार कार्यक्रम नै बेरोजगार !

काठमाडौं- २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको सरकारको नीति तथा कार्यक्रम एव बजेटले समेटेको र धेरै युवालाइ उत्साहित बनाएको एउटा कार्यक्रम हो प्रधानमन्त्री रोजगार कार्यक्रम । रोजगारीको हक कार्यान्वयन गर्ने उदेश्य सहित ल्याइएको उक्त कार्यक्रम चालु आवको ५ महिलना विति सक्दा पानि कार्यान्वयन अझै शुरु हुन सकेको छ । ३ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको यो कार्यक्रमबाट बेरोजगार भक्ता, निर्वाह भक्ता, स्वरोजगार गराउने भनिएको छ । तर हाल त्यसको संरचनगत संयन्त्रको निर्माण गरी कार्यान्वनयमा लान नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम आफैमा बेरोजगार जस्तै बनेको छ ।

रकम यतिकै थन्कियो- महत्वकाक्षी कार्यक्रमको रुपमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम स्थायनीय तहको समन्वयमा अगाडी बढाउने भनिएको छ । ३ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको जसका लागि सरकारले सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापनाको तयारी गरेको श्रम रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयले भर्खर तयारी शुरु गरेको मन्त्रालयका सह सचिव प्रकास दाहलले बताए । दाहालका अनुशार बेरोजगारी समस्या समाधान गर्न सरकारले ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत देशभरका ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने छ । बेरोजगारी समस्याको पहिचान र समाधानका लागि मन्त्रालयले सवै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापनासँगै ७ सय ५३ जना फोकल पर्सनको रूपमा रोजगार संयोजक राखिने मन्त्रालयले तयारी गरेको छ । कार्यले गति लिन नसक्दन चालु आवकाे पाँच महिनामा यसलाइ छुटाइएको बजेट कार्यान्वयन अगाडी बढन सकिरहेको छैन । 

कानूनमै सिमित रोजगार ग्यारेन्टी- नेपालको संविधानको धार ३३ ले रोजगार सम्वन्धी हकलाइ ग्यारेन्टी गरेको छ । जसमा प्रत्येक नागरिकलाई रोजगारिको हक हुने छ। रोजगारिको शर्त वा वेरोजगार साहयता संघीय कानून बमोजिम हुने उल्लेख गरिएको छ । जस अनुशार संसदले गत भदौमा यसकोकार्यान्वका लागि कानुन निर्माण समेत गरिसकेको छ । जस अनुशार कानुनमा सरकारले बेरोजगारी तथा बेरोजगार घर परिवारका लागि सरकारले एक सय दिनको ग्यारेन्टी गरिएको छ । यदि बेरोजगार भएकालाई सरकारले काम दिन नसके कम्तिमा एक सय दिनको ५० प्रतिशत श्रम गरेअनुसारको आर्थिक सहयोग उपलब्ध गराइने उल्लेख । तर संयन्त्रको विकास गर्न नसक्दा रोजगार कार्यक्रम र वेरोजगार भत्ता बजेट विनियोजनका बीच पनि अगाडी बढन सकिरहेको छ ।

भयावह वेरोजगार अवस्था –देशमा जनसंख्यामा १५ देखि ५५ वर्ष उमेर समूहका क्रियाशील जनशक्ति ५६ प्रतिशत भन्दा बढी रहेको छ ।  प्रतिवर्ष करिब ६ लाख युवा शक्ति उत्पादन हुन्छ जसमध्ये प्रत्यक्ष श्रमबजारमा चार लाख २० हजार युवा प्रवेश गर्ने बताइएको छ । लोकसेवा आयोगका कार्यालयमा आवेदन दिनेहरूमध्ये १.३३ प्रतिशत जानालृ मात्र जागरि खान्छन्र भने ९८.६६ प्रतिशत आवेदक बाहिरिन्छन् । प्रतिवर्ष साढे ६ लाख उत्पादन हुने युवामध्ये करिब पाँच लाख विदेशिन्छन्  । श्रम तथा रोजगार मन्त्रालयका अनुसार विदेश जानेहरूमा अदक्ष जनशक्ति अत्यधिक देखिन्छ, जसअनुसार अदक्ष ७४ र अर्धदक्ष २४ प्रतिशत छन् । दुई प्रतिशत मात्र दक्ष छन् । अन्तर्राष्ट्रिय श्रम संगठनअनुसार नेपालबाट बाहिरिने कामदारमा पूर्ण बेरोजगारी १९.२ प्रतिशत, अर्ध बेरोजगारी २८.३ प्रतिशत तथा स्नातक तह पास गरेर बाहिरिने युवा २६.१ प्रतिशत छन् । दैनिक १६ सय युवा रोजगारीको खोजीमा श्रमबजारमा भौतारिन्छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x