Date

मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

नेप्से ५.७८ अंकले घट्यो, नेपाल बैंकको ११ करोडको सेयर कारोबार

नेप्से ५.७८ अंकले घट्यो, नेपाल बैंकको ११ करोडको सेयर कारोबार

काठमाडौं, २९ पुस । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ । नेप्से ५.७८ अंकले घटेर ११७५.०५ अंकमा बन्द भयो ।

सो दिन कुल १ सय ५८ कम्पनीहरुको ११,६३,७८१ कित्ता सेयर खरिद बिक्री हुँदा ३७ करोड २९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबार रकममा नेपाल बैंकले अग्रता लिएको छ । बैंकको ११ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

यस्तै आइतबार सर्वाधिक कमाउनेमा वोमी माईक्रोफाईनान्स वित्तिय संस्थाका लगानीकर्ताहरु रहेका छन् । संस्थाको सेयर मुल्य ९.९५ प्रतिशतले वृद्धि भएको छ भने भार्गव विकास बैंकका लगानीकर्ताले सबै भन्दा बढी गुमाएका छन् । जसको सेयर मुल्य ५.७१४२९ प्रतिशतले घटेको छ ।
कारोबारमा आएका १० वटा समुह मध्ये २ वटा समुहको परिसुचक बढेको छ । परिसुचक बढेकामा उत्पादन तथा प्रसोधन समुह ०.६९ प्रतिशत र अन्य समुह २.८७ प्रतिशतले बढेको छ । अन्य सबै समूहको परिसूचकमा गिरावट आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *