Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सातैबटा प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्दै बैंकहरु

सातैबटा प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्दै बैंकहरु

काठमाडौं ३० पुस । बाणिज्य बैकहरुले पछिल्लो समय धमाधम प्रादेशिक कार्यालय स्थपनाको कार्यलाई तिव्रता दिएका छन।  यसैक्रममा नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सातै प्रदेशको प्रादेशिक कार्यालय स्थापना गरेको छ । स्थानीय स्तरबाटै सहज र सरत तवरले कामगर्न राष्ट्र बैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको बैंकले जनाएको छ ।

जस अन्र्तगतप्रदेश नं.१ को प्रादेशिककार्यालय विराटनगरमा, प्रदेश नं.२को वीरगञ्जमा, प्रदेश नं.३ को नारायणचौर (नक्साल)मा तोकिएको छ । त्यस्तै गण्डकी प्रदेशको कार्यालयपोखरामा, प्रदेश नं. ५ को भैरहवामा,कर्णाली प्रदेशका लागि सुर्खेतस्थित विरेन्द्रनगरमा र प्रदेश नं.७ का लागि धनगढीमा प्रादेशिककार्यालय स्थापनागरिएको छ ।

बैकले काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यकाबाहिर ५५ गरी जम्मा७८ वटा शाखा कार्यालय मार्फत सेवादिइरहेको छ साथै ८ वटा एक्सटेन्सनकाउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४७ वटा शाखारहित बैंकिङ सेवातथा १०९ वटा एटिएमबाट आफ्नो वित्तिय सेवालाई फराकिलो पारेको छ  ।।  

यसै गरी जनता बैंकले पनि आजबाट देशको सबै ७ ओटै प्रदेशमाएक साथप्रादेशिककार्यालय संचालन माल्याएको छ । प्रदेश १ को ट्रफिकचोक, बिराटनगर, प्रदेश २ को भानु चोक, जनकपुर, प्रदेश ३ को स्कूल रोड, हेटौडा, गण्डकीप्रदेशको न्यूरोड पोखरा, प्रदेश ५ को हस्पिटललाइन, बुटवल, कर्णालीप्रदेशको बिरेन्द्रचोक सुर्खेत र सुदुरपश्चिमप्रदेशकोचटकपुर, धनगढीमाप्रादेशिककार्यालय स्थापना गरी संचालनमाल्याइएको हो ।प्रादेशिककार्यालयले प्रदेशकानिकायहरुसंग समन्वयगर्ने तथाप्रदेशमा रहेका यस बैंककाशाखाकार्यालयहरुको अनुगमन गर्नेछ । प्रादेशिककार्यालयको स्थापनाबाट बैंकको सेवाप्रवाह  स्तरीय तथा सरल हुने विश्वास लिईएको छ ।

बैकको पूर्व मेची देखीपश्चिममहाकाली सम्म७ओटै प्रदेशको तराई, पहाडी र हिमालीजिल्ला समेत समेटीने गरी हाल १२९ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, २ सिमित्त बैंकिङ इकाई र २ एक्स्टेनसनकाउन्टर सञ्चालनमा रहेकाछन् ।

यस्ता सेञ्चुरी कमर्सियल बैंकले तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । बैंकले प्रदेश नं १ बिराटनगर, प्रदेश नं ३ मानभवन र प्रदेश नं ५ भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । यस अघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन गरेको थियो । बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x