टेलिकमले प्रतिशेयर रु ५५ लाभांश दिने
काठमाण्डौं १ माघ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट लाभांश रकम वितरण गर्ने भएको छ ।
सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश रकम मंगलबारदेखि एनएमबी बैंकमार्फत शेयरधनीलाई वितरण गर्ने व्यवस्था मिल्याइएको छ ।
विसं २०७५ असारसम्ममा मुलुकमा कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत पुगेको छ ।