Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

जनकपुर चुरोट कारखाना पुन: संचानलको तयारीमा जुट्यो सरकार

जनकपुर चुरोट कारखाना पुन: संचानलको तयारीमा जुट्यो सरकार

काठमाडौं १४ माघ ।  केही दिन अघि गोरखकाली रवर उद्योगका कर्मचारीहरुलाइ अनिबार्य अवकास दिने निर्णय गरेको सरकारले जनापुर चुरोट कारखाना पुन: संचालनका लागि तयारी शुरू गरेको छ । जनकपुर पुगेका उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले तत्काल कारखानाभित्र थुप्रेको सुर्ती तथा कबारीका सामान बिक्री गरेर आवश्यक्ता अनुरुप नयाँ मेसिन जडान गरी कारखाना चलाउने सरकारको तयारी रहेको भन्दै भवन खाली गराउन निर्देशन दिएका छन् ।

सरकारले पूजींलाई सेयर रकममा रूपान्तरण गरी वा साझेदारीमा अथवा लिजमा जग्गा दिएर निजी क्षेत्रलाई नै कारखाना सञ्चालन गर्ने दिने विषयमा आन्तरिक छलफल चलिरहेको छ । सरकार छिटै कारखाना संचालन गर्छ मन्त्री यादवले भने  । त्यसलाइ लागि प्रदेश सरकारलाइ उक्त भवन खाली गराउन आग्रह समेत कुरा उनको भनाइ छ ।  

नेपाल सरकारले उत्पादन गर्ने चुरोट विदेश निर्यात गर्ने सोच बनाएको बताउदै’जनकपुर चुरोट कारखानाले पुनः चुरोट बनाउन सुरु गरे पनि त्यो उत्पादन नेपालमा बिक्री नगर्ने मन्त्रीले बताए । त्यस्तै, विराटनगरको जुट कारखाना, विरगंजको चिनी कारखाना तथा कृषि औजार कारखाना, हेटौडाको कपडा उद्योग, गोरखकाली टायर लगायत उद्योग सञ्चालन गर्ने तयारीमा सरकार जुटेको मन्त्री यादवले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x