कोटेश्वर कलंकी सडक हस्तान्तरण भएसँगै दोस्रो खण्डको निर्माण शुरु
काठमाडौं,१५ माघ, कोटेश्वर कलंकी १० दशमलव ४ किमी खण्डको सडक विस्तार गरी आठ लेनको बनाएसागै दोस्रो खण्ड विस्तारको काम शुरु भएको छ । चीन सरकारो सहयोगमा निर्माण भएको पहिलो खण्ड अन्तर्गको सडक खण्ड नेपाल सरकारलाइ हस्तान्तरण गरेसँगै दोस्रो खण्डको काम शुरु गरिएको हो । दोस्रो खण्डको काम पनि पहिलो खण्ड अनुशार हुने छ । कंलकी देखी सितापाइला बालाजु वसपार्क महाराजगंज चावेल गौशला एयरपोर्ट हुदै कोटेश्वर यस खण्ड अन्तर्गत पर्दछ । यो झण्डै १६ दशलमव ५ किलोमिटर दुरी रहेको छ । विश्व सम्पदा सुचीमा सुचीकृत महत्वपूर्ण सांस्कृतिक सम्पदा पशुपति क्षेत्रको भुभाग पनि यसमा पर्ने छ । जहा बाटो विस्तार जटिल हुने देखिएको छ ।
सड्क हस्तान्तरण कार्यक्रम बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तिव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक हुने बताए । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्नकाल छिेमकी देशरुबाट बहुआयामिक रुपमा सहयोग लिनु परेको उल्लेख गरे ।
नेपाल विकास र उन्नतीका लागि चीनले उदार र फराकिलो मनशायका साथ सहयोग गरेको छ । प्रशंशा गर्दै ओलीले भने । हरेक दिन एक कदम अघि बढ्ने गरी सरकारले काम गरिरहेको बताउदै प्रधानमन्त्री ओलीले सरकारलाई ढिलो गर्ने छुट नभएको बताए । तिव्र विकासका लागि अवरोधको रुपमा रहेका ऐन,कानुन, नियम वा अन्य प्रकारका व्यवधानलाई हटाउन सरकार तयार रहेको प्रधानमन्त्री ओलीले भनाइ थियो । “तिव्र विकासका अवरोधक के के छन् सम्बन्धित निकायले ल्याउनुहोस । आवश्यकता अनुसार मन्त्रिपरिषदबाटै निर्णय गरेर त्यस्ता अवरोधहरु हटाउँला ” प्रधानमन्त्री ओलीले भने
प्रधानमन्त्री ओलीले नेपाल चीन सम्बन्ध मानवीय मात्र होइन प्राकृतिक रुपले पनि नजिक रहेको स्पष्ट पर्दै ओलीले भने “हाम्रो सम्बन्ध प्राचिनकाल देखि हो । प्राकृतिक रुपमा हो । साँस्कृतिक रुपमा पनि हो ।