Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

रात्रिकालिन सेवामा बुद्ध एयर, चन्द्रगढी विमानस्थलमा परीक्षण उडान

रात्रिकालिन सेवामा बुद्ध एयर, चन्द्रगढी विमानस्थलमा परीक्षण उडान

काठमाडौं, १७माघ ।  बुद्ध एयरले रात्रिकालिन सेवा सुरू गरेको छ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान गरेको हो । कम्पनीले एक विज्ञाप्ति निकालेर परिक्षण सफल भएकोमा कम्मनी थप एक खुड्किला पार गरेको बताएको छ । हाल उक्त विमानस्थलमा नियमित दुई उडान भर्दै आएको बुद्धले आगामी फागुन दोस्रो साताबाट रात्रिकालीन उडानसँगै दैनिक तीन उडान सञ्चालन गर्ने जनाएको छ । कम्पनीका अनुसार आरएनएभी (एरिया नेभिगेसन) प्रविधिको सहायताले ‘लो भिजिबिलिटी’ र हाल जडान गरिएको रनवे लाइटले अब रातिको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न संभव भएको बताएको छ । यो प्रविधि संसारभरी प्रचलित र सुरक्षित मानिन्छ । यसअघि ‘लो भिजिबिलिटी’ र सूर्यास्तपश्चात उडान रद्द गर्नुपथ्र्यो ।

बुद्धले आगामी दिनमा थप विमानस्थल तुम्लिङटार, सुर्खेत, भरतपुरमा पनि सेवा विस्तार गर्दै जाने योजना बनाएको छ । केही महीनापछि नै जनकपुरमा पनि परीक्षण उडान गरी व्यावसायिक उडान भर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x