Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

यस्तो छ १२ बाणिज्य बैंकको ६ महिनाको वित्तिय बिवरण

यस्तो छ १२ बाणिज्य बैंकको ६ महिनाको वित्तिय बिवरण

काठमाडौं, १७ माघ । बैंक तथा वित्तिय संस्थाहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तिय बिवरण प्रकाशन गरिरहेका छन् । हाल सम्म संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरु मध्ये १२ वटा वाणिज्य बैंकहरुले पुस मसान्त सम्मको वित्तिय बिवरण सार्वजानीक गरेका छन् । सार्वजानीक वित्तिय बिवरण अनुसार हाल सम्म सबै भन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । दोस्रो त्रैमास सम्म बैंकले २ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको छ । गत बर्षको साहि अवधीमा बैंकले ८३ करोड रुपैयाँ नाफा कमाएको थियो । यो नाफा रकम गत वर्षको सोही अवधीको तुलनामा १८.४५ प्रतिशतले बढी हो ।

त्यस्तै हाल सम्म वित्तिय बिवरण प्रकाशन गर्ने मध्ये १ अर्व २६ करोड रुपैयाँ नाफा कमाउदै एनआसी एशिया बैंक दोस्रो नाफा कमाउने बैंक बन्न सफल भएको छ । गत आर्थिक बर्षको सोहि अवधीमा बैंकले ५७ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो । हिमालयन बैंक १ अर्ब १६ करोड नाफा कमाउदै हाल सम्म तेस्रो नाफा कमाउने बैंक बन्न सफल भएको छ ।

दोस्रो त्रैमासिक बित्तिय बिवरण सार्वजानीक गरेको ग्लोबल आइएमई बैंकले १ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्षको सोहि अवधीमा ७१ करोड रुपैयाँ नाफा कमाएको थियो । यस्तै प्रभु बैंकले १ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ । यी बाणिज्य बैंकहरुले गत वर्षको सोही अवधीको तुलनामा नाफामा बृद्धि गरेपनि नेपाल इन्भेष्मेन्ट बैंकको भने नाफामा कमि आएको छ । बैंकले गत आर्थिक बर्षको सोहि अवधीको भन्दा नाफा ११ करोड रुपैयाँले घटेको छ। गत आर्थिक बर्षको दोस्रो त्रैमासमा १ अर्ब ८३ करोड रुपैया नाफा गरेकोमा यो आर्थिक बर्षको
दोस्रो त्रैमासमा भने १ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको छ ।

१२ मध्ये ५ वटा बैंकले अर्व भन्दा माथि नाफा कमाएपनि ७ वटा बैंकले भने अर्व भन्दा कम नाफा कमाएका छन् । ति मध्ये सानिमा बैंक ९४ करोड रुपैयाँ, सिद्धार्थ बैंक ८७ करोड रुपैयाँ, सिटिजन्स इन्टरनेशनल बैंक ७७ करोड ३ लाख रुपैयाँ, सनराईज बैंक ७२ करोड रुपैयाँ, कुमारी बैंक ६८ करोड रुपैयाँ र लक्ष्मी बैंक ६७ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x