साताको अन्तिम दिन सेयर बजारमा सामान्य सुधार
काठमाडौं, १७ माघ । साताको अन्तिम दिन आज सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार १.०४ अंकले बढेर ११६१.६३ विन्दुमा उक्लिएको छ ।
कुल १ सय ६८ कम्पनीको ९,०७,३१४ कित्ता सेयर खरिद बिक्री हुँदा २७ करोड ३३ लाख ८७ हजार ४ सय ४३ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा भने नागरिक लगानी कोषको ३ करोड रुपैयाँ भन्दा बढीको छ ।
यसैगरि चौतारी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् । जसको सेयर मुल्य ८.४० प्रतिशतले बढेको छ भने सिटि एक्सप्रेस फाईनान्सका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । जसको सेयर मुल्य ९.७५६१ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा सुचिकृत ११ वटा समुहहरु मध्ये ६ वटा समुहको परिसुचक बढेको छ भने ५ वटा समुहको परिसुचक घटेको छ ।