राजदूत लक्कीले दिइन राजीनामा
काठमाडौं, १८ माघ । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । आफु माथि लागेको आरोपहरु झुटो भएको दावी सहित नैतिकताका आधारमा राजीनामा दिएको उनले बताएकी छिन् ।
मानव तस्करीको गम्भीर आरोप लागेपछि सरकारले राजदूत शेर्पालाई राजीनामा दिन सुझाएको थियो । त्यसपछि आज उनले परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी हुन् ।