Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एक वर्षभित्र नेपालभर फोरजी सेवा

एक वर्षभित्र नेपालभर फोरजी सेवा

काठमाडौं, २१ माघ । नेपाल टेलिकमले एक वर्षभित्र नेपालभर फोरजी विस्तार गर्ने भएको छ । टेलिकमले  देशभर फोरजी विस्तारका लागि दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । टेलिकमले फोरजी सेवा विस्तारका लागि कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्कयानका लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता गरेको हो । १ बर्ष भित्र फोरजी सेवा विस्तारका लागि लागि कम्पनीहरूले आफ्नो क्षमता विस्तार गर्नुका साथै टेलिकमले पनि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम समयमा गरी सक्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधीनमा रही सो सम्झौता गरिएको नेपाल टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी गराएकी छन् । यससम्बन्धी छुट्टाछुट्टै सम्झौतामा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काम टेलिकमले पूरा गर्ने उल्लेख छ । जंगल भएको ठाउँमा रिपिटर टावर राख्ने, सार्वजनिक जग्गा, वनको जग्गाको अनुमतिलगायतका काम टेलिकमले गर्नेछ । सरकारले गर्नुपर्ने कानुनी र सरकारी निकायबाट गर्नुपर्ने काम टेलिकमले समयमा गर्नुपर्ने सम्झौतामा भनिएको छ । टावर निर्माण गर्ने घरको व्यवस्थापन गर्नेसम्मका काम टेलिकमले गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको सहप्रवक्ता अधिकारीले जनाएका छन् ।

नेपालभर ६५ लाख क्षमताको फोरजी सेवा विस्तारका लागि एउटा कोर नेटवर्क र दुईवटा ¥यान नेटवर्क तयार गरिनेछ । यसका लागि मुख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहनेछन् । यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिनेछ ।

यसअघि नेपाल टेलिकमले देशभर फोरजी विस्तारका लागि २२ कात्तिक २०७४ मा टेन्डर आह्वान गरेको थियो । सो टेन्डर आह्वानमा हुवावे, जेडटीई, माभिनिर र सीसीएसआई गरी चार कम्पनी ठेक्काका लागि प्रतिस्पर्धामा आएका थिए । प्रतिस्पर्धामा आएकामध्ये आर्थिक हिसाबमा अहिले जेडटीई र सीसीएसआई छनोट भएका हुन् । टेलिकमका अनुसार टेन्डर आह्वान गर्दा एलटीई कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्किङ (¥यान) गरी दुई भागमा बाँडेर टेन्डर आह्वान भएको थियो ।

कोर नेटवर्क विस्तार आयोजनाका लागि आर्थिक हिसाबले चिनियाँ कम्पनी जेडटीई छनोट भएको हो । कोर नेटवर्कका लागि जेडटीईले १ अर्ब ६१ करोड र सीसीएसआईले ३ अर्ब ९८ करोड टेन्डर हालेको थियो । ¥यानमा सीसीएसआईले १७ अर्ब १४ करोडमा र जेडटीईले १९ अर्ब रुपैयाँको लागत पेस गरेको टेलिकमले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x