Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

धनगढीमा जहरमुक्त खाद्य उत्पादन महा अभियान सुरु

धनगढीमा जहरमुक्त खाद्य उत्पादन महा अभियान सुरु

धनगढी, २१ माघ । धनगढी उप–महानगरपालिकाले किसान समृद्धि तथा जहरमुक्त खाद्य उत्पादन महाअभियान आईतबार वडा नं १५ बाट सुरु गरेको छ । महाअभियानको नगरप्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।

अभियान अन्तरगत किसानहरुलाई शून्य लागत प्राकृतिक कृषी प्रशिक्षण तालिम दिन थालिएको छ । अभियानले किसानलाई बिषादी रहित कृषी उत्पादन गर्न प्रेरित गर्ने आशा गरिएको छ । पहिलो चरण अन्तरर्गत ३० जना किसानलाई शून्य लागत प्राकृतिक कृषी प्रशिक्षण तालिम दिन थालिएको छ । तालिम लिएका ब्यक्तिहरुलाई अभियान्ताका रुपमा प्रयोग गरिने धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।

शून्य लागतमा हुने जहरमुक्त खाद्य उत्पादन सम्वन्धी सिकाई गर्नका लागि धनगढी उप–महानगरपालिका १५ का वडा अध्यक्ष फुलराम चौधरी लगायतको टोली भारतको हरियाणामा पुगेको नगरप्रमुख वडले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x