Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

संवैधानिक आयोगका प्रस्तावित अध्यक्ष विरुद्ध उजुरी आब्हान

संवैधानिक आयोगका प्रस्तावित अध्यक्ष विरुद्ध उजुरी आब्हान

काठमाडौं,२१ माघ ।  संसदीय सुनुवाइ समितिले विभिन्न संवैधानिक आयोगमा प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ । संवैधानिक परिषद्बाट प्रस्तावित संवैधानिक आयोगका ५ बटा अध्यक्षको सुनुवाइ संसदीय समितिले गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुरुप अध्यक्षमा सिफारिस ५ व्यक्तिविरुद्ध सूचना निकाल्दै उजुरी आह्वान गरिएको हो ।

संवैधानिक परिषद्को गत माघ ६ गते बसेको बैठकले बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, डा. शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग र डा. विजयकुमार दत्तलाई मधेसी आयोगको अध्यक्षमा सिफारिस गरेको थियो । त्यसैगरी, थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम मियाँ अन्सारी सिफारिस गरिएका थिए ।५ वटै आयोगमा सिफारिस अध्यक्षको सुनुवाइ प्रक्रिया थाल्दै  समितिले उनीहरुविरुद्ध उजुरी आह्वान गरेको हो । सिफारिस गरिएका व्यक्ति पदका लागि अयोग्य लागेमा स्पष्ट कारणसहित माघ २१ देखि फागुन १ गतेसम्म उजुरी दिन समितिले सबैमा आग्रह गरेको छ । यता प्रतिपक्षीले भने सिफारिस गर्ने समयमा परिषदको सदस्यलाई खबर नगरी गरिएको भन्दै विरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x