Date

शनि, मंसिर ६, २०८२
Sat, November 22, 2025

राष्ट्र बैंक १५ अर्ब रुपैयाँको रिपो जारी गर्दै

राष्ट्र बैंक १५ अर्ब रुपैयाँको रिपो जारी गर्दै


काठमाडौं २२ माघ । नेपाल राष्ट्र बैंकले मंगलबार १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ७ दिनका लागि जारी गर्न लागिएको उक्त रिपो क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुका लागि जारी गरिएको हो । रिपोका लागी राष्ट्र बैंकले आज मध्यान्ह ३ बजे बोलकबोल हुने जनाएको छ ।


बैंकिङ्ग प्रणलीमा साधारण प्रकृतिको न्युन तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधीका लागि तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । रिपो निष्काशनका दिन बोलकबोलमा सफल बोलकर्ता अर्थात बैंक तथा वित्तिय संस्थाहरुले नेपाल राष्ट्र बैंकमा रहेको खातामा राष्ट्र बैंकको बाँडफाड अनुसारको रकम जम्मा गरिदिने हुँदा तोकिएको समयको लागि तरलता प्रवाह हुन जान्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *