Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

निर्माण सामाग्री प्रदर्शनी सम्पन्न, १७ हजारले गरे अबलोकन

निर्माण सामाग्री प्रदर्शनी सम्पन्न, १७ हजारले गरे अबलोकन

काठमाडौं, २८ माघ । राजधानी काठमाडौंमा जरी  निर्माण सामाग्री सम्पन्न भएको छ । निर्माण समाग्रीबारे जानकारी दिने उद्धेश्यका साथ आयोजित प्रदर्शनीमा निर्माण सामग्रीका नयाँ प्रविधि, उत्पादनहरु, पेन्ट्स, सिमेन्ट, फर्निचर, पाइप एन्ड फिटिंडका स्टलहरु राखिएको  थियो । प्रदर्शनीमा करिब १७ हजारले अबलोकन गरेका गरेका छन् ।

मिडिया स्पेश सोलुसन प्राइभेट लिमिटेडले आयोजना गरेको प्रदर्शनीमा नेपाल, भारत, बंगलादेश, चीन लगाएत १५ मुलुकले उत्पादन गरेका विभिन्न सामाग्रीहरु राखिएको थियो । विभिन्न मुलुका तीन सय भन्दा बढी ब्राण्डहरु प्रदर्शनीमा राखिएको थियो। इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, निर्माण व्यवसायी, निर्माण सामाग्री उत्पादक तथा बिक्रेता लगायत सबै सरोकारवाला पक्षलाई एकै ठाउँमा ल्याएर सुरक्षित र दिगो आवास निर्माणबारे सूचना दिने उद्दश्यले आयोजना गरिएको मेलाका संयोजनक श्रृजल भट्टराइले बताए । मेलामा सिमेन्ट उत्पादक, फर्निचर एण्ड फर्नििर्सङ, स्टिल, ईटा तथा मार्बल, विद्युतीय समग्री, बीमा, सौर्य ऊर्जालगायतको एक सय ४० स्टल रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x