Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

उद्यमशीलता सम्मेलनको तयारी पूरा,४ सय जना प्रतिनिधिको सहभागिता रहने

उद्यमशीलता सम्मेलनको तयारी पूरा,४ सय जना प्रतिनिधिको सहभागिता रहने

काठमाडौं,२८ माघ । विहिवारबाट राजधानीमा शुरू हुने नेपाल उद्यमशीलता सम्मेलनको तयारी पूरा भएको छ। सातै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्ने उद्दश्यका साथ गर्न लागिएको नेपाल उद्यमशीलता सम्मेलनको तयारी पूरा भएको नेपाल उद्योग परिसघंले बताएको छ ।

सम्मेलनमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी तथा सातै प्रदेशका उद्योगमन्त्रीसहित ४ सय जना प्रतिनिधिको सहभागिता रहने छ । सम्मेलनमा उद्यमशीलता प्रवद्र्धनका क्षेत्रमा कार्यरत ब्यक्ति एव उद्यमीहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् । सम्मेलनमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, मन्त्रीहरू, पूर्वमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसहित ७ वटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरू तथा प्रदेशका उद्योगी, सफल उद्यमी, युवा उद्यमी र विज्ञबीचमा छलफल हुने पनि परिसंघले जनाएको छ।अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र परिसघंको संयुक्त आयोजनामा आगामी फागुन २ गते काठमाडौंमा सम्मेलन गर्न लागिएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x