Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

आइएमी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई नेशनल म्यानेजमेन्ट अवार्ड

आइएमी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई नेशनल म्यानेजमेन्ट अवार्ड

काठमाडौं, २९ माघ । ब्यवस्थापक संघ नेपालले यस बर्षको नेशनल म्यानेजमेन्ट अवार्डबाट आइएमी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शुमन पोखरेललाई प्रदान गरेको छ ।

यसै गरी संघले द्वारिकाज ग्रुपकी अध्यक्ष अम्विका श्रेष्ठलाई आउट स्टाण्डीङ्ग म्यानेजमेन्ट अवार्ड , अर्थमन्त्रालयका सचिव राजन खनाललाई आउट स्टाण्डिङ्ग सिभिल सर्भेन्ट अवार्ड र युलेन्स स्कुलका प्रिन्सिपल मेदिनबहादुर लामिछानेलाइ मेनेजेरियल एक्सलेन्स इन एजुकेशन अवार्डबाट सम्मानीत गर्यो । अवार्डबाट सम्मानीति हुने हरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड प्रदान गर्नु भयो ।सोही कार्यक्रमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो दुइ हप्ता भित्रै कानून निर्माण र मौजुदा कानूनमा संशोधन हुने बताउनु भयो । ओलीले संविधानले दिएको समय सिमा भन्दा अगावै नै कानून निर्माण सम्पन्न गर्ने समेत बताउनु भयो ।संघीयता ब्यवस्थापनका लागि संरचनागत विकास भइसकेको भन्दै सरकारले हरेक दिन नयाँ काम गर्दै आएको बताउनु भयो । विकासका लागि कुशल ब्यवस्थपन आवश्यक रहेको उहाको भनाइ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x