बक्यौता रकम र सरकारी अनुदान नपाएपछि उखु किसान भोलीदेखि सडक आन्दोलनमा

काठमाडौं, ५ फागुन ।  चिनी मिल संचालकहरुले उखु किसानलाई दिनुपर्ने बक्यौता रकम उठाउन र अनुदान रकम दिन सरकारले कुनै पहल नगरेको भन्दै उखु किसानहरुले भोलीबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।  विरोध सरुप उनिहरुले पूर्व पिश्चिम राजमार्ग अनिश्चित कालिन बन्द गर्ने समेतका कार्यक्रमहरु राखेको बताएका छन् । उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीले सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान र गत वर्ष उद्योगीले उखु क्रसिङको बक्यौता नदिएपछि किसान आन्दोलनमा उत्रेको बताए । मैनालीका अनुसार भोलीदेखि ८ फागुनमा ११ वटा सडक आन्दोलन गरी पूर्वपश्चिम राजमार्ग बन्द गर्ने कार्यक्रम रहेका छन् । ८ फागुनसम्ममा विरोध कार्यक्रम गर्ने र ८ गते सम्म पनि बक्यौता रकम नपाए र उखु किसानका माग पूरा नगरे पूर्वपश्चिम राजमार्ग अनिश्चित कालका लागि बन्द गर्ने मैनालीले बताए ।

।आन्दोलनमा रौतहट, सर्लाही धनुषा, महोत्तरी र सिराहा कपिलबस्तु लगायतका  जिल्लाका किसानको सहभागिता हुने उनले बताए । मैनालको अनुसार चिनी उद्योगीले गत वर्षको उखु क्रसिङको २ अर्ब बक्यौतामध्ये ६० करोड रुपैयाँ बाँकी रहेको र सरकारले उखु किसानलाई छुट्याएको अनुदान १ अर्ब २८ करोड रुपैयाँमध्ये ९० करोड रुपैयाँ अनुदान पाएका छैनन् ।सरकारले उखु किसानलाई छुट्याएको अनुदान ७० प्रतिशत किसान किसाने अझै पाउन सकेका छैनन् ।

गत पुस महिनामा उखु किसान र चिनी मिलबीच ३० देखि ४५ दिनभित्र उखुको भुक्तानी गर्नुपर्ने सम्झौता भए पनि त्यसको कार्यान्वयन भएन भने सरकारले पनि अनुदान रकम नदिएपछि उखु किसानहरु आन्दोलमा लागेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *