Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

निर्यातमा सुधार-गत वर्षको तुलनामा ११ प्रतिशतले वृद्धि

निर्यातमा सुधार-गत वर्षको तुलनामा ११ प्रतिशतले वृद्धि

काठमाडौं, १४ फागुन । कृषि जन्य बस्तुमा समेत आयत र पर्निर्भरता बढिरेहेको वेला निर्यातमा भने अघिल्ला बर्षहरुमा भन्दा सुधार देखिएको छ । गत बर्षको तुलनामा चालु आर्थिक वर्षको छ महिनामा ११ प्रतिशतले निर्यात बढेको तथ्याङ्कले देखाएको छ । गत बर्षको छ महिनामा ४० अर्ब ८४ करोड रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक बर्षको ६ महिनामा भने त्यो बढेर ४५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । व्यापार तथा निकासी प्रवर्द्धन  वोर्डका अनुसार गत वर्षको सोही अवधिको तुलनामा ११.२ प्रतिशतले बढी हो ।

यसरी सबैभन्दा बढी निर्यत हुने बस्तुमा धागो रहेको छ भने बढी निर्यात हुने देशमा भारत रहेको छ ।  फलाम तथा स्टील र तिनका उत्पादनको निर्यात बढेको छ । गएको ६ महिनामा पोलिष्टार तथा अन्य धागो चार अर्ब ६६ करोड रुपैयाँको निर्यात भएको छ। गत बर्ष भन्दा फलाम तथा स्टील र तिनका उत्पादनहरूको निर्यात २७ प्रतिशतले वृद्धि भई तीन अर्ब ७४ करोड निर्यत भएको छ। त्यस्तै ऊनी गलैंचा तीन अर्ब ७२ करोड, तयारी पोशाक तीन अर्ब ३७ करोड,  जुट तथा जुटका उत्पादन दुई अर्ब ६५ करोड रुपैयाँको निर्यात भएको छ। दुई अर्ब चार करोडको जुस, दुई अर्ब १९ अर्बको चिया, एक अर्ब ७१ करोड रुपैयाँको अर्बको टेक्सटाइल, एक अर्ब ३४ करोडको पश्मिना सल, एक अर्ब ५३ करोडको अलैंची,९५ करोडको फेल्ट, ८२ करोड जडिवुटी, ७४ करोडको मुसुरोको दाल, ६९ करोडको जुत्ता निकासी भएको छ।

सवै भन्दाबढी निर्यातमा हुने भारतमा २७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। त्यसपछी अमेरिकामा पाँच अर्ब ३४ करोड रुपैयाँ बराबरको बस्तु निर्यात गरिएको छ ।  चीनको निर्यातभने आयतको तुलनामा एकदमै न्युन रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x