Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एनआईसी एशियाको बोनस शेयर नेप्सेमा सूचिकृत

एनआईसी एशियाको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं, १४ फागुन । एनआई सी एशिया बैंकको १० प्रतिशत बोनस शेयर संख्या ८०,३१,११७ कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । सो बोनस शेयर बैंकको २१ औं साधारणसभाबाट पारित नेप्सेमा सुचिकृत भएको हो ।

सो पश्चात् बैंकको जारी तथा चुक्ता पूँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६९८ रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बैंकको केही शेयर अझै अभौतिकरण भइनसकेको परिप्रेक्ष्यमाउक्त शेयरहरू अभौतिकीकरण गर्न बैंकले शेयरधनीहरूमा आग्रहसमेत गरेकोे छ ।


हाल सम्म बैंकको मुलुकभर २७७ शाखाकार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १४९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । यस्तै बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x