एभरेष्ट बैंकको वार्षिक साधारण सभा पौष २८ गते
काठमाडौं, २५ मंसिर । एभरेष्ट बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा पौष २८ गते बस्ने भएको छ । बैंकले उक्त साधारण सभामा शेयरधनीहरुलाई ३३ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै बैंकले कर तिर्नका लागि १.७४ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ ।
बैंकले ३३ प्रतिशत बोनस शेयर दिने प्रयोजनका लागि पौष १३ देखी २० गतेसम्म शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकको पौष १२ गतेसम्म शेयर खरिद गर्ने शेयरलगानीकर्ताहरुले बैंकले दिने भनेको ३३ प्रतिशत बोनस शेयर सुरक्षित गर्नेछन् ।
बैंकले प्रस्ताव गरेको ३३ प्रतिशत बोनस शेयर वितरण पछि बैंकको चुक्ता पुँजी ८ अर्ब १३ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।