Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पशुपतिमा शिवरात्रीको सम्पूर्ण तयारी पुरा, बिहान ४ बजे देखि दर्शनको व्यवस्था

पशुपतिमा शिवरात्रीको सम्पूर्ण तयारी पुरा, बिहान ४ बजे देखि दर्शनको व्यवस्था

काठमाडौं, १९ फागुन । सोमबारको महाशिवरात्रीको लागि पशुपति क्षेत्रमा आवश्यक सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनका लागि लाइन व्यवस्थापन, सुरक्षा प्रबन्ध देखि साधुसन्तलाई बसोबास सम्मको सम्पूर्ण तयारी पुरा भइसकेको कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए ।

शिवरात्रीको अवसरमा दर्शन गर्न आएकाहरुको सहजतका लागि विगतमा भन्दा राम्रो तरिकाले व्यवस्थापन मिलाइएको अधिकारीले जानकारी दिए । दर्शन गर्न आएका भक्तजनहरुको स्वास्थ्यलाई मध्यनजर गरेर स्वास्थ्य शिविर आजैबाट सञ्चालन गरिएको छ ।

महाशिवरात्रीको अवसरमा पशुपति दर्शनका लागि नेपाल सहित भारत लगायतका अन्य मुलुकहरुबाट पनि भक्तजनहरु काठमाडौं आउने गर्छन । यो पटक दर्शनका लागि सबै भक्तजनहरुलाई एउटै लाइनको व्यवस्था गरिएको उनले जानकारी दिए । विगत ५ वर्ष देखि १ हजार तिरेपछि लाइन नै नबसी दर्शन गर्न पाउने व्यवस्था गरिएको थियो । तर दर्शनका लागि शुल्क तोक्नु उचित नभएकाले यो पटक देखि त्यसलाई सच्याएर सबैलाई समान रुपमा दर्शन गर्ने व्यवस्था गरिएको अधिकारीले जानकारी दिए । पूजाको लागि मन्दिरको मुल ढोका विहान ४ बजेबाट खोल्ने छ ।

शिवरात्रीका लागि करिब ४ हजार साधुसन्तहरु पशुपति क्षेत्रमा आइसकेका छन् । उनीहरुलाई पनि कोषले खाना र बसोबासको प्रबन्ध मिलाएको जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x