Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एक सातामा सुनको भाउ १ हजार १ सयले घट्यो

एक सातामा सुनको भाउ १ हजार १ सयले घट्यो

काठमाडौं, २० फागुन । पछिल्लो एक सातामामा सुनको भाउ एक हजार एक सय रुपैयाँले घटेको छ । फागुन १२ गते तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ६१ हजार ५ सय सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार (आज) भने शिवरात्रीको सार्वजनीक बिदाका कारण बजार बन्द छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस झण्डै २० डलर घटेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।

१३ फागुनमा २ सयले बढेर ६२ हजार ७ सय कायम भइको सुनको भाउ त्यसको भोलिपल्ट १४ फागुनमा एक सयले पुन बढेर ६२ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै १५ फागुनमा पुन २ सयले घटेर प्रतितोला ६२ हजार ६ सयमा कारोबार भएको थियो । त्यसपछि क्रमश घटेको बजार आइतबार सम्म आइपुग्दा तोलाको ६१ हजार ५ सयमा आइपुगेको छ। नेपाली बजारमा दैनिक १८ देखि २० किलो सुन किनबेच हुने गरेको छ । तर, बिबाहको सयममा नै सुनको भाउ बढेकाले यो पटक बिक्री कम भएको व्यववसायीहरु बताउछन् ।

अमेरिका र चीनबीचको व्यापारिक तनाव हल हुने संकेतपछि त्यसको सोझो प्रभाव सुन बजारमा परेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यको विश्लेषण छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x