आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा पोख्रेल नियुक्त
काठमाडौं, २२ फागुन । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा दिपक शर्मा पोख्रेल नियुक्त भएका छन् । संस्थापक सेयरधनी एक्रश मनि ट्रान्सफर लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै उनी संचालक समितिमा चयन भएका हुन ।
यसअघि उक्त कम्पनीको प्रतिनिधित्व इश्वर कुमार कार्कीले गर्दै आएका थिए । कार्कीलाई बिदाई समेत गरिएको छ । कार्यक्रममा समितिका अध्यक्ष डा.रामहरि अर्यालले कार्कीले कम्पनी प्रति पुर्याउनु भएको योग्दानको प्रशंसा गर्दै अगामी दिनमा समेत उनको कार्य अनुभव र दक्षताको निरन्तर सहयोग रहने अपेक्षा राखेको बताए ।