सगरमाथा इन्स्योरेन्सले बोलायो पौष २१ गते वार्षिक साधारण सभा

काठमाडौं, २६ मंसिर । सगरमाथा इन्स्योरेन्स कम्पनीले पौष २१ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभामा कम्पनीले शेयरधनीहरुलाई लाभांश नदिने बताएको छ ।

कम्पनीको हाल चुक्ता पुँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । वीमा समितिले तोके बमोजिम चुक्ता पुँजी १ अर्ब पुर्याउनका लागि कम्पनीलाई ४६ करोड १८ लाख रुपैयाँ आवश्यक रहेको छ । यस अघिको साधारण सभामार्फत कम्पनीले शेयरधनीहरुलाई २२ प्रतिशत बोनस शेयर दिएको थियो ।

कम्पनीको २१औं वार्षिक साधारण सभामा विशेष प्रस्तावमा अधिकृत पुँजी र जारी पुँजी वृद्धि गर्ने भनिएको छ । कम्पनीको १ अर्ब ५० करोड रुपैयाँको अधिकृत पुँजीलाई २ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँको जारी पुँजीलाई १ अर्ब ५० करोड पुर्याउने बताएको छ । कम्पनीले शेयर दर्ता पुस्तिका पौष ७ देखी २१ गतेसम्मका लागि गर्ने भएको छ । पौष ७ अगाडि कम्पनीको शेयर किन्ने शेयरधनीहरु २१औ. वार्षिक साधारण सभामा सहभागि हुन पाउँनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *