Date

शुक्र, बैशाख २८, २०८१
Fri, May 10, 2024

सोमबार नेप्सेमा ७.४७ अंकको गिरावट

सोमबार नेप्सेमा ७.४७ अंकको गिरावट

काठमाडौं, ४ चैत । साताको दोस्रो कारोबार (सोमबार) सेयर बजार नकारात्मक देखिएको छ । सो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.४७ अंकले घटेर १,१५३.९८ बिन्दुमा कारोबार बन्द भएको हो ।

उक्त दिन कुल १ सय ६९ कम्पनीहरुको १३,९३,५५८ कित्ता सेयर खरिद बिक्री हुँदा ३६ करोड ७ लाख रुपैँया भन्दा बढीको कारोबार भएको छ । कारोबारको आधारमा भने ग्लोबल आईएमई बैंकको प्रमोटर सेयरले ६ करोड ३९ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरि अग्रता लिएको छ ।

यसैगरि सोमबार युनाइटेड फाइनान्सका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् । जसको प्रति सेयर मुल्य ८.७२ प्रतिशतले बढेको छ । साथै जन उत्थान लघुवित्त विकास बैंकका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । जसको सेयर मुल्य ५.१६५७३ प्रतिशतले घटेको छ ।

सो दिन नेप्सेमा सुचिकृत १० वटा समुहहरु मध्ये २ वटा समुहको परिसुचक मात्र बढेको छ । जसमा उत्पादन तथा प्रशोधन समुह ७.६६ अंक र फाइनान्स समुह ४.३८ अंकले बढेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x