Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लगानी सम्मेलनलाई लक्षित गरी विप्लव समुहले गर्यो आमहडतालको घोषणा

लगानी सम्मेलनलाई लक्षित गरी विप्लव समुहले गर्यो आमहडतालको घोषणा

काठमाडौं,१२ चैत । सरकारले लगानी सम्मेलनको भब्य तयारी गरिरहदा यता प्रतिवन्धित विप्लव समुहले भने लगानी सम्मेलनको दिन पारेर आम हडतालको कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले यही चैत १५ र १६ गते लगानी सम्मेलन गर्दैछ भने १६ गते विप्लव समुहले आम हडतालको कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी महासचिव विप्लवले एक विज्ञाप्ति जारी गर्दै ‘विदेशी लगानी ल्याउने भन्ने सरकारकको विषय देश भित्र दन्द लादेर हावादारी प्रचार भएको’ उल्लेख गरेका छन् तथापी आफ्नो आन्दोलन आन्तरिक विषयमा भएकाले अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित र तरंगित नहुन आग्रह’ गरेका छन। उनले लगानी सम्मेलनलाई लगानी कर्ताको पैसामा दलाली गर्ने र जनतामाथि लुट थोपार्ने नाटक मात्र भएको बताएका छन् ।   

यसैगरी उनले चैतमहिनाभित्र आफूविरुद्ध लागेको प्रतिबन्ध हटाउन सरकारसँग माग गरेका छन । चैतभित्र प्रतिबन्ध नहटाएमा र शान्तपूर्ण कार्यक्रम गर्न नदिएमा सरकारविरुद्ध ‘प्रतिबन्ध लगाउने र आमहडताल गर्ने चेतावनी दिएका छन।विप्लवले हस्ताक्षर रहेको विज्ञप्तिमा सरकारले आफ्नो असफलता, अलोकप्रियता र संकट छोप्न आफ्नो समूहमाथि प्रतिबन्ध लगाएको आरोप लगाइएको छ।

सरकाले फागुन २८ गतेको मन्त्रिपरिषद बैठकले विप्लवसमूहलाई अपराधिक घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो। विप्लवको विज्ञप्तिमा नेकपा श्रमिकको प्रतिनिधि भएको दाबी गर्दै आफूलाई अशान्ति मच्चाएको र चन्दा उठाएको आरोप लगाउनु गलत भएको उल्लेख गरिएको छ। विप्लव समुहले आफूमाथिको प्रतिबन्धलाई ‘फासिवाद लाग्न पुगेको’ भन्दै आलोचना गरेको छ। ‘सरकारले प्रतिबन्ध र दमनलाई हटाउनुको सट्टा चर्काएर वस्तुतः देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको विप्लवको आरोप छ । ओलीले सोमबार मात्रै विप्लवलाई चैतभित्रै पक्राउ गर्ने घोषणा गरेसँगै विप्लवले यस्तो विज्ञाप्ति वाहिर आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x