Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह, दातृ निकायहरु लगानीको प्रतिवद्धता दिँदै

नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह, दातृ निकायहरु लगानीको प्रतिवद्धता दिँदै

काठमाडौं, १५ चैत । अर्थमन्त्री तथा लगानी सम्मेलन २०१९ का संयोजक डा. युवराज खतिवडाले नेपालमा लगानी मैत्री वातावरण भएको बताएका छन् । राजधानीमा संचालन भइरहेको लगानी सम्मेलन २०१९ मा सहभागीहरुलाई स्वागत गर्दै मन्त्री खतिवडाले नेपालमा राजनौतक अस्थिरता हटी मुलकमा संद्यियता निर्माण र त्यसको कार्यन्यवन भइसकेको वताउदै विदेशी लगानीकर्ताहरुलाई नेपालमा ढुक्क भएर लगानी गर्ने आग्रह गरेका हुन् ।

उनले लगानी सम्वन्धी सम्पुर्ण कानुनी जटीलताहरुको समाधान गर्न सरकारद्धारा लगानी ऐन परिमार्जन गरेको जानकारी दिदै संभावनाका परियोजनाहरुलाई लगानी सम्मेलनमा राखिएको उनले बताए । मन्त्री खतिवडाले नेपालका प्राकृतिक स्रोतहरुको सदुपयोग गर्दै औद्योगिकरण, भौतिक पुर्वाधार निर्माण क्षेत्र, रोजगारीमा वृद्धि तथा निर्यातमा वृद्धि गरि आयात प्रतिस्थापन गर्दै मुलुकलाई आर्थिक रुपले सबल र आत्मनिर्भर बनाउनका लागि लगानी आवश्यक रहेको प्रष्ट पारे ।

सरकारको समृद्ध नेपाल सुखी नेपालीको सपना साकार बनाउन तथा दोहोरो आर्थिक वृद्धिको लक्ष्य हासिल गरि मुलुकमा दिगो आर्थिक विकास ल्याउन सरकारले लगानी सम्बन्धी कानुन र कर प्रणालीलाई परिमार्जन गरेको र आवश्यक परे थप कानुनी सहजीकरणका ऐनहरु निमार्ण तथा परिमार्जन गर्न सम्मेलनमा बताइएको छ ।

लगानी सम्मेलनमा विभिन्न स्वदेशी तथा विदेशी वक्ताहरुले नेपालमा लगानीका क्षेत्र र त्यसमा लगानीका सम्भावनाहरुको बारेमा आफ्नो मन्तव्य राखिरहेका छन् । सोही क्रममा भारतका मुथुत गु्रपका अध्यक्ष एमजी जर्ज मुथुतले नेपालको हस्पिटालिटी क्षेत्रमा लगानी गर्ने चाहना रहेको र नेपालको कानुनी समस्याहरु सबै समाधान भइसकेको भन्दै उनले नेपालमा लगानी गरि त्यसको प्रतिफल दिन कुनै समस्या नभएको बताए । साथै मुथुत गु्रपले नेपालको वित्तिय क्षेत्रमा सहकार्य समेत गर्दै आएको छ । आगामी दिनमा थप लागानी गर्ने अध्यक्ष मुथुत बताए ।

सम्मेलनलाई सम्बोधन गर्दै एशियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष शिक्षिन चेनले नेपाल मुख्यगरि कृषि, जलविद्युत र पर्यटनका क्षेत्रमा एडिबीले हाल सम्म लगानी गरिरहेको बताउदै आगामी दिनमा पनि सम्भावना हेरी लगानी बढाउदै जाने बताए । उनले नेपालमा संचालन भइरहेका मेलम्ची खानेपानी, गौतमबुद्ध एयरपोर्टमा लगानी गरिरहेको र आगामी दिनमा ठुला नया परियोजनाहरुमा एडिबीेले लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरि सम्मेलनमा पुर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालमा राजनैनिक र कानुनी असहजता सबै हटिसकेको हुँदा अब सबैले आर्थिक समृद्धिमा ध्यान दिनु पर्ने बताए । उनले नेपालमा अन्य मुलुकहरुको तुलनामा लगानीको धेरै सम्भावना रहेको भन्दै उद्योग, सेवा, शिक्षा, स्वास्थ्य र पुर्वाधारका क्षेत्रमा लगानी गर्न सबै लगानीकर्ताहरुलाई आग्रह गरे । उनले भारत, पाकिस्तान र वंगलादेशभन्दा नेपालमा विदेशी लगानी धेरै कम रहेको बताउदै आर्थिक वृद्धि र विकासका लागि स्वदेशका अतिरिक्त विदेशी लगानी आवश्यक हुने उनको बुझाइ छ । विदेशी लगानीले रोजागारी, उत्पादन र आर्थिक विकासमा सहयोग गर्नका साथै प्रविधि भित्र्याउने उनले बताए । नेपालको व्यापार घाटा बढीरहेको अवस्थामा यसलाई कम गर्न विदेशी लगानी चाहिने महतको भनाइ हो ।

लगानीमा सम्मेलनमा आज र भोली विभिन्न कार्यपत्रहरु पेश गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x