Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

कानूनी संरचना निर्माण र लगानी सम्मेलनले समृद्ध नेपालको आधार सृजना गर्यो -प्रधानमन्त्री

कानूनी संरचना निर्माण र लगानी सम्मेलनले समृद्ध नेपालको आधार सृजना गर्यो -प्रधानमन्त्री

काठमाडौं, १७ चैत । प्रधानमन्त्री के पी शर्मा ओलीले कानूनी संरचना निर्माण र लगानी सम्मेलनले समृद्ध नेपाल निर्माणको आधार सृजना गरेको बताएका छन् । लगानी सम्मेलन उत्सजन ढंगबाट सम्पन्न भएको भन्दै यस नेपाल समृद्धिको दिशामा अघि बढेको सन्देश प्रवाह भएको प्रधानमन्त्री ओलीले बताए । समृद्ध नेपाल निर्मणका लागि लगानी सम्मेलन उत्साहजनक ढंगले सम्पन्न गयौं, राष्ट्र एक ठाउमा रह्यो,’ उनले भने, ‘सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश पनि दिएका छौं ।’ प्रधानमन्त्रीले भने ।

रिपोर्टर्स क्लव नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना कर्मचारी समायोजन मुख्य उपलब्धी रहेको बताए । यी सवै कुराले सुखी नेपालीको सबै आधार तयार भएको प्रधानमन्त्रीको भनाइ थियो ।

समृद्ध नेपाल आफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको बताउदै नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भएपनि त्यस्ता प्रयास असफल बनाइएको उल्लेख गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x