Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

विमानस्थल कालोपत्रे सोमबार देखि, राति १० देखि बिहान ८ बजे सम्म विमानस्थल बन्द

विमानस्थल कालोपत्रे सोमबार देखि, राति १० देखि बिहान ८ बजे सम्म विमानस्थल बन्द

काठमाडौं, १८ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको कालोपत्रे फेर्ने काम सोमवारदेखि हुने भएको छ। त्यसको जिम्मा चाइना नेशनल एरोटेक्नोलोजी इन्टरनेशनल इन्जिनीयरिङ कर्पोरेशनलाई दिइएको छ ।

राति १० देखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरी कालोपत्रे गरिने छ । ३ महिनाभित्र नयाँ कालोपत्र गरिसक्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरण र चिनियाँ कम्पनीबीच गत असोज २६ मा ३ अर्ब ७५ करोड रुपैयाँको लागतको उक्त परियोजनाका सम्पन्न गर्ने सम्झौता भएको थियो ।

पहिलो चरणमा धावनमार्गको ‘सेन्टरलाइन लाइट’ जडान गरिने र सँगसँगै नयाँ कालोपत्र बिछ्याउन थालिने छ । दैनिक ८० मिटरका दरले धावनमार्गको रिह्याबिलिटेशन गरिनेछ कम्पनीको तयारी छ ।

सो समयमा राति १० बजेपछि उडान गर्ने कम्पनीहरूको उडान तालिका बिहान ८ देखि राति १० बजेसम्मलाई सारिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x