Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

हकप्रदबाट नपुगेको पुँजी बोनस दिएर पुर्याउने सिभिल बैंकको लक्ष्य

हकप्रदबाट नपुगेको पुँजी बोनस दिएर पुर्याउने सिभिल बैंकको लक्ष्य

काठमाडौं, ३ पौष । सिभिल बैंक लिमिटेडले हकप्रद शेयर विक्री खुल्ला गरेको छ । बैंकले मंसिर २२ गते देखी हकप्रद शेयरको बिक्री खुल्ला गरेकोे छ । बैंकले १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर जारी गरेको छ ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्यमा २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता हकप्रद शेयर जारी गर्दैछ । बैंकले जारी गरेको हकप्रद शेयर पौष २७ गतेसम्ममा खरिद गर्न पाइने छ । हकप्रद शेयर जारीका लागि बैंकले निष्कासन प्रवन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ । हकप्रद शेयर खरिदको आवेदन फारम लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल र सिभिल बैंकको तोकिएको शाखामा गई भर्न पाउने व्यवस्था बैंकले मिलाएको छ ।

सिभिल बैंकको हाल चुक्ता पुँजी ५ अर्ब १८ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ पुग्ने छ । राष्ट्र बैंकले तोकेको ८ अर्बको चुक्ता पुँजी पुग्न बैंकलाई ७५ करोड रुपैयाँको आवश्यक पर्दछ जसलाई बैंकले बोनस शेयर मार्फत पुँजीकरण गर्ने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x