Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एक नम्बर प्रदेशमा मिल्क होली डे अन्त्यको प्रयास

एक नम्बर प्रदेशमा मिल्क होली डे अन्त्यको प्रयास

काठमाडौं,२ बैशाख। एक नम्बर प्रदेशमा मिल्क होली डे अन्त्यका लागि धूलो दूध बनाउने नयाँ कारखाना निर्माण गरिने भएको छ ।प्रदेश सरकार, सहकारी र निजी क्षेत्रको साझेदारीमा मिल्क पाउडर प्लाण्ट निर्माण गर्न लागिएको हो । विभिन्न सहकारीहरु मिलेर सुनसरीको इटहरी उपमहानगरपालिका तरहरामा २८ करोड ३० लाख रूपैयाँ लगानीमा निर्माण गरिने सो पाउडर प्लाण्टका लागि प्रदेश सरकारले २० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। बाँकी ८ करोड ३० लाख रुपैयाँ सहकारी र अन्य डेरीहरुले लगानी गर्ने सम्झौता भएको छ । एक नम्बर प्रदेशमा वार्षिक ५ लाख ६१ हजार मेट्रिक टन दुध उत्पादन हुदै आएको छ ।

 अन्तर्राष्ट्रिय मान्यता अनुसार प्रति व्यक्ति ९१ लिटर दुध आवश्यक पर्नेमा एक नम्बर प्रदेशमा प्रति व्यक्ति १ सय १६ लिटर दुध उत्पादन भएकाले मिल्क होलिडे गर्नुपर्ने बाध्यता छ । एक नम्बर प्रदेशमा हाल विराटनगर दुग्ध वितरण आयोजनामा रहेको एउटा मात्रै मिल्क पाउडर प्लाण्ट संचालनमा छ ।मिल्क पाउडर प्लाण्टका लागि मुख्यमंत्री शेरधन राईको उपस्थितिमा एक नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मंत्रालयका सचिव हस्त बहादुर विष्ट र कामधेनु डेरीका तर्फबाट बाबुराम खत्रीले सम्झौता गर्नुभयो । सो कारखाना आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसैगरी विराटनगरमा बधशाला निर्माणका लागि प्रदेश सरकारले विराटनगर महानगरपालिकालाई ३ करोड रुपैया उपलब्ध गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x