Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

देवः विकास बैंकद्वारा सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर दिने प्रताव

देवः विकास बैंकद्वारा सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर दिने प्रताव

काठमाडौं, ६ वैशाख । देवः विकास बैंक लिमिटेडले सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर दिने प्रताव गरेको छ । बैंकले सेयरधनीलाई हालको चुक्ता पुँजीको ५.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

हालै बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको बैंकले जनाएको छ । समितिले राखेको प्रताव नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपियाँ रहेको बैंकले जनाएको छ । उक्त बोनस सेयरपछि विकास बैंकको चुक्ता पुँजी २ अर्ब ६७ करोड ३० लाख रुपियाँ पुग्ने आकलन गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x