सेयर बजारमा हरियाली, परिसुचक ३१.८९ अंकले बढ्दा १ अर्व बढीको कारोबार
काठमाडौं, ८ बैशाख । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा हरियाली छाएको छ। गतसाता देखि नै क्रमश उकालो लागेको बजारमा आज भने ठुलो अंकले बृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३१.८९ अंकले बढेर १२६४.२० अंकमा बन्द भएको छ ।
दोहोरो अंकको वृद्धिसंगै कारोबार रकममा पनि उच्च वृद्धि आएको छ । कुल १ सय ७१ कम्पनीहरुको ३३,२७,४८० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जसमा १४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार नविल बैंकको भएको छ।
स्ट्यान्डर्ड चाटर्ड बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाए भने बेष्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाउन पुगे ।
नेप्सेमा सुचिकृत १० मध्ये ८ वटा समुहको परिसुचक बढेको छ । त्यसमा पनि बैंकिङ समुहको सबैभन्दा धेरै ४५.९४ अंकले बढेको छ । निर्जीवन बीमा समुह र उत्पादन तथा प्रशोधन समुह भने क्रमशः ७.२२ र ११.९२ अंकले घटेको छ।