Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एनसेलबाट कर असुल्ने कार्य रोक्न सर्वोच्चले दियो अल्पकालिन अन्तरिम आदेश

एनसेलबाट कर असुल्ने कार्य रोक्न सर्वोच्चले दियो अल्पकालिन अन्तरिम आदेश

काठमाडौ,१२ बैशाख । सर्वोच्च अदालतले करको छिनोफानो नभएसम्मका लागि एनसेलबाट कर असुल्ने कार्य रोक्न करदाता कार्यालयलाई अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ  ।

सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले तत्कालका लागि कर असुल्ने कार्य रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको हो।  ठूला करदाता कार्यालयका नाममा जारी अन्तरिम आदेशमा एनसेलसँग कर लिने कार्य वैशाख २४ गतेसम्मका लागि रोक्न भनिएको छ। सर्वोच्चले अन्तरिम आदेशसँगै ठूला करदातासँग लिखित जवाफसमेत माग गरेको छ।

ठूला करदाता कार्यालयले एनसेलले ३९ अर्ब ६ करोड ६ लाख रुपैयाँ लाभकर तिर्नुपर्ने हिसाब निकालेपछि सो निर्णय विरुद्ध एनसेलका तर्फबाट सर्वोच्चमा रिट परेको थियो । यस आदेशसँगै अब एनसेल कर प्रकरणमा रिट निवेदक र ठूला करदाता कार्यालयबीच छलफल भएपछि मात्रै कति कर तिर्ने भनेर टुंगो लाग्ने देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x