सिद्धार्थ बैंकको हकप्रद स्विकृत

काठमाडौं, ४ पौष । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई हकप्रद शेयर निष्कासनको अनुमति दिएको छ । बैंकले १० बराबर १ कित्ता अर्थात १० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि स्विकृति दिएको छ ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको ६८ करोड २६ लाख ११ हजार ७१९ रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७.१९ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद शेयर निष्कासनको लागि लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ ।

बैंकले निष्कासन गर्ने हकप्रद शेयरको पुँजीकरण पछि चुक्ता पुँजी ७ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । बैंकलाई ८ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउन ५० करोड रुपैयाँको आवश्यकता पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *