Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पुनर्निमाण पछि श्री कालीदेखी प्राथमिक विद्यालय हस्तान्तरण

पुनर्निमाण पछि श्री कालीदेखी प्राथमिक विद्यालय हस्तान्तरण

काठमाडौं, ४ पौष । भुकम्पले क्षती पुगेको काभ्रे जिल्लाको श्री कालीदेवी प्राथमिक विद्यालय पुनर्निर्माण भएर हस्तान्तरण गरिएको छ । एशियाली विकास बैंक एडिबीले पुननिर्माण गरेको उक्त विद्यायल हस्तान्तरण गरिएको हो ।

भुकम्प पछिको आकस्मिक सहयता परियोजना अन्तरगत यस विद्यालय पुनर्निर्माण गरिएको छ । यस परियोजनाको लागि एडिबीले २० करोड अमेरिकी डलर, नेपाल सरकारले २ करोड ४० लाख अमेरिकी डलर र युएसएआईडिले १ करोड अमेरिकी डलर आर्थिक सहयोग गरेको छ । परियोजना अन्तरगत नेपालमा भुकम्पले क्षतिग्रस्त भएका १५४ विद्यालयहरु पुनर्निर्माण गरिने भएको छ । सन् २०१९को भित्र सम्पुर्ण विद्यालयहरु पुनर्निर्माण गरिसक्ने लक्ष्य परियोजनाले लिएको छ ।

पुनर्निर्माण गरिएको यस विद्यालय हाल ३ तिल्ले भवनमा ७ कक्षा कोठाहरु र एउटा पुस्तकालय रहेको छ । विद्यालयमा छात्र र छात्राको लागि छुट्टै शौचालय निमार्ण गरिएको छ । विद्यालयलाई भुकम्प प्रतिरोधी बनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x