Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सान्जेन र रसुवागढीको आइपिओ बाँडफाँड

सान्जेन र रसुवागढीको आइपिओ बाँडफाँड

काठमाडौं, २० बैशाख । सान्जेन र रसुवागढी हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ । सान्जेनको आवेदन दिएका २ लाख ८८ हजार ८९७ जना लगानीकर्तालाई बाँडफाँट गरिएको छ । यीमध्ये १० देखि २ हजार कित्तासम्म आवेदन दिने सबै आवेदकलाई १० कित्ताको दरले सेयर दिइएको छ ।

यसरी बाँडफाँट गरेर बाँकी रहेको सेयर २० कित्तादेखि माथि आवेदन दिएकामध्ये २ लाख ९ हजार ३२८ जनालाई गोलाप्रथामार्फत थप १० कित्ता बाँडफाँट गरिएको छ ।

त्यस्तै, रसुवागढीको आइपिओमा पनि आवेदन दिएका २ लाख ९१ हजार २७२ जना आवेदकलाई बाँडफाँट गरिएको छ । यसमा १० देखि ४० कित्तासम्म आवेदन दिएकालाई माग अनुसार नै सेयर दिइएको छ । २३ हजार ६९३ जनालाई भने गोलाप्रथाबाट थप १० कित्ता सेयर दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x